Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

रासस

६, आश्विन २०८३
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
images

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ०६ अङ्कले बढेर दुई हजार ६५४ दशमलव २८ मा पुगेको छ ।

images
images

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ५३ अङ्कले बढेर १८२ दशमलव ९९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ६८ अङ्कले बढेर १६० मा पुगेको छ ।

आज विभिन्न कम्पनीका दुई करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर रु सात अर्ब पाँच करोड तीन लाख ९८ हजार ६२४ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये सात उपसमूह बढ्यो भने छ उपसमूह घट्यो । एक सय ३८ कम्पनीको सेयर बढ्यो भने १३० कम्पनीको सेयर घट्यो । त्यसैगरी ११ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार मिड सोलु हाइड्रोपावर, फष्ट माइक्रो फाइनान्स लघुवित्त र मैलुङ खोला जलविद्युत् लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी स्नो रिभर्स, नारायणी डेभलपमेन्ट बैंक र बोटलर्स नेपाल (बालाजु) लगायतका लगानीकर्ताले गुमाएका छन् । रासस

images
प्रकाशित मिति :आश्विन ६, २०८३ मंगलवार - १६:२४:२२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology