Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मन्त्री गिरबहादुर तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन

मन्त्री गिरबहादुर तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन

इच्छाकामना न्युज

६, आश्विन २०८३
मन्त्री गिरबहादुर तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन
images

चितवन। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गरेका थिए । पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उनले चासो लिएका थिए ।

images
images

ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएका मासुको शल्यक्रिया बाहेकका शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन् । उनीहरुले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरु आँखाको उपचार गर्न नेपाल आउने गरेका बताए । अस्पतालको सेवा राम्रो भएको उनीहरुको प्रतिक्रिया थियो । नेपाल नेत्रज्योती सङ्घ चितवनले सञ्चालन गरेका आँखा अस्पताल र उपचार केन्द्र गरी २५ स्थानबाट सेवा दिँदै आएको छ । वार्षिक १३ हजारको हाराहारीमा भारतीय बिरामी भरतपुर आँखा अस्पताल र त्यस मातहतका केन्द्रमा उपचारका लागि आउने गरेका छन् ।

मन्त्री तामाङले अस्पताल निरीक्षणपछि नेपाली मात्र नभएर भारतीय बिरामीको उपचार केन्द्र बनेकामा प्रसन्नता व्यक्त गरे। बागमती प्रदेश सरकार र आँखा अस्पतालसँग सहकार्य गरेर आँखा उपचारमा लाग्नुपर्नेमा उनको जोड थियो । अस्पताल सञ्चालन भइरहेको जग्गा भरतपुर अस्पतालको नाममा भएकामा यसलाई सहजिकरण गरेर आँखा अस्पतालको नाममा हाल्न आफूले पहल गर्ने मन्त्री तामाङले बताए ।

हाल आँखा अस्पताल सञ्चालनमा रहेको जग्गा सङ्घीय सरकारले मन्त्रीपरिषद्बाट आँखा अस्पताललाई उपलब्ध गराउने निर्णय भए पनि लालपूर्जा आँखा अस्पतालले पाएको छैन । मन्त्री तामाङले आँखा उपचारमा सामुदायीक क्षेत्रबाट भएको योगदान प्रशंसनीय रहेको बताए।सो अवसरमा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लाहरुमा आँखा उपचारमा योगदान पु¥याउँदै आएको मन्त्री तामाङलाई जानकारी दिए। सरकारी, गैरसरकारी र नीजि क्षेत्रको सहयोगमा अस्पतालले आम नागरिकलाई सेवा दिन सकेको उनको भनाइ छ । हरेक वर्ष तीन लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा दिने गरेको उनले जानकारी दिए ।

नेपाल नेत्रज्योती सङ्घ चितवनका उपसभापति तेजेन्द्र खड्का, सचिव केशव अधिकारी, वरिष्ठ अस्पताल प्रशासक दयाशङ्कर चौधरीलेलगायतले अस्पतालका बारेमा मन्त्री तामाङलाई जानकारी गराएका थिए ।

images
प्रकाशित मिति :आश्विन ६, २०८३ मंगलवार - १७:०९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology