Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेपाली कांग्रेस देवघाट गाउँपालिका सभापतिमा अर्जुन अधिकारी निर्वाचित

नेपाली कांग्रेस देवघाट गाउँपालिका सभापतिमा अर्जुन अधिकारी निर्वाचित

इच्छाकामना न्युज

८, आश्विन २०८३
नेपाली कांग्रेस देवघाट गाउँपालिका सभापतिमा अर्जुन अधिकारी निर्वाचित
images

देवघाट । नेपाली कांग्रेस देवघाट गाउँपालिका सभापतिमा अर्जुन अधिकारी निर्वाचित भएका छन्। बुधबार सम्पन्न पालिका अधिवेशनमा अधिकारीले ७८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी पदमबहादुर गुरुङले ३२ र प्रमोद मल्लले ३ मत प्राप्त गरे।

images
images

सभापतिमा निर्वाचित भएपछि अधिकारीले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण प्रतिनिधि,नेता तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले प्राप्त मतलाई व्यक्तिगत विजयका रूपमा मात्र नभई पार्टी संगठनलाई थप मजबुत बनाउने जिम्मेवारीका रूपमा लिएको बताए।

पार्टीभित्र देखिएका मतभेदलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्दै सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ। देवघाटमा कांग्रेसको संगठन विस्तार,कार्यकर्ताको मनोबल उच्च बनाउने तथा पार्टीलाई थप एकताबद्ध र सक्रिय बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने अधिकारीले प्रतिबद्धता व्यक्त गरे।

निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवार तथा सहभागी प्रतिनिधिहरूप्रति सम्मान व्यक्त गर्दै उनले आगामी दिनमा सबैको साथ र सहयोग लिएर पार्टी संगठनलाई थप मजबुत बनाउने बताए।

images
प्रकाशित मिति :आश्विन ८, २०८३ बिहिवार - १४:३८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology