चितवन। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रातिका समयमा सवारी आवागमन पूर्णरुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।