Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कांग्रेस चितवन–३ (क) सभापतिमा किशोर गुरुङको उम्मेदवारी

कांग्रेस चितवन–३ (क) सभापतिमा किशोर गुरुङको उम्मेदवारी

इच्छाकामना न्युज

९, आश्विन २०८३
कांग्रेस चितवन–३ (क) सभापतिमा किशोर गुरुङको उम्मेदवारी
images

भरतपुर । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको लागि चितवन जिल्ला क्षेत्र नं–३ प्रदेश (क) को सभापति पदमा किशोर गुरूङले उमेदवारी दिएका छन् ।

images
images

सुदृढ र समुन्नत कांग्रेसको लागि आफूले उमेदवारी दिएको गुरूङले बताए । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तमू (गुरूङ) संघका अध्यक्षसमेत रहेका उनी नेपाली कांग्रेसको भरतपुर महानगर समितिका संस्थापक सचिव हुन् । राजनैतिक चेतको विकास भएदेखि नै कांग्रेसमा लागेका गुरूङ समाज रूपान्तरणको लागि राजनीति नै सबैभन्दा उत्तम उपाय भएको भन्दै अनुसाशित एवम् समृद्ध समाज निर्माणको लागि पनि राजनीतिमा सक्रिय भएको बताउँछन् ।

चितवनको पुरानो मेडिकल कलेजमा २१ वर्षसम्म सहायक प्रशासकीय अधिकृत भएर काम गरिसकेका गुरूङले विद्यार्थी राजनीतिमा पनि लामो समय सक्रिय भएर काम गरे । पार्टीको विद्यार्थीदेखि तरुण दल हुँदै मूल पार्टीको विभिन्न तहमा बसेरै काम गरिसकेका छन् । सहकारी संस्था, जातीय एवम् धार्मिक संघसंस्थाहरुमा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । लामो समयसम्म सामाजिक क्षेत्रमा काम गरेको अनुभवलाई राजनीतिमार्फत समाज रुपान्तरण गर्ने विषयमा प्रयोग गर्ने गरी राजनीतिमा सक्रिय भएको उनको भनाइ छ ।

कांग्रेसले यही असोज १० गते उमेदवारी दर्ता गर्ने र ११ गते निर्वाचनको मिति तोकेको छ । उक्त पदमा सुरज पाठक, प्रकाश अधिकारी र जीवनाथ कँडेल पनि आकाङ्क्षीको रूपमा अगाडि सरेका छन् ।

images
प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - १२:१८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology