Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो,तीनजना अझै बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो,तीनजना अझै बेपत्ता

रासस

९, आश्विन २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो,तीनजना अझै बेपत्ता
images

टोकियो। पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् ।

images
images

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका चारजना छन् । जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावाको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शव हालै फेला परेको छ ।

प्रहरी र अग्नि नियन्त्रकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन् । सोमबार जापानको पूर्वी प्रशान्त तटमा पुगेको ‘डुजुआन’ आँधीले कान्टो क्षेत्र र इजु टापुमा भारी वर्षा गराएको थियो । वर्षाका कारण पहिरो र नदीमा बाढी आउनुका साथै टोकियो आसपासका क्षेत्रमा, विशेषगरी चिबा प्रिफेक्चरमा ठूलो क्षति पुगेको छ ।

एनएचकेका अनुसार बिहीबार दिउँसोसम्म चिबा र कानागावा प्रिफेक्चरमा आँधीका कारण करिब एक हजार भवन ध्वस्त भएका, क्षतिग्रस्त भएका वा डुबानमा परेका छन् । उत्तरी चिबाको इम्बानुमा ताल क्षेत्रमा आँधीपछि केही बाँध भत्किँदा आसपासका बस्ती, धानखेत र सडक डुबानमा परेका छन् । पानीको सतह घट्दै गए पनि केही क्षेत्रमा बाढीको अवस्था कायमै रहेको र शुक्रबारसम्म पुनःस्थापनाको काम जारी रहेको जनाइएको छ ।

आँधीका कारण जनजीवन र यातायातसमेत प्रभावित भएको छ । शुक्रबार बिहान ६ बजेसम्म चिबा र कानागावाका करिब ११ हजार ७९० घरपरिवारमा विद्युत् सेवा अवरुद्ध थियो । चिबाका केही रेलमार्गमा सेवा स्थगित वा कटौती गरिएको छ । यसैबीच, जापानको मौसम विज्ञान विभागका अनुसार यस सिजनको २६औँ आँधी आगामी दिनमा जापाननजिक पुग्न सक्ने सम्भावना छ । उक्त आँधीका कारण ओकिनावा र अन्य क्षेत्रमा समुद्रमा उच्च छाल उठ्नुका साथै खराब मौसम हुनसक्ने चेतावनी दिइएको छ रासस

images
प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - १३:५३:०७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology