Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आज राति वर्षासगैँ ठूलो हावाहुरी चल्न सक्ने सम्भावना

आज राति वर्षासगैँ ठूलो हावाहुरी चल्न सक्ने सम्भावना

रासस

१०, आश्विन २०८३
आज राति वर्षासगैँ ठूलो हावाहुरी चल्न सक्ने सम्भावना
images

काठमाडौं। वर्षासँगै ठूलो हावाहुरी चल्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार अपराह्न ३ बजे सूचना जारी गरी हावाहुरी चल्न थालेको जनाएको छ।

images
images
हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अहिले ठूलो हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज रातिसमेत ती प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। भोलि दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ठूलो हावा चल्ने सम्भावना रहेको छ।

ठूलो हावा चल्ने समयमा खुला स्थानमा नबस्न, कमजोर संरचना तथा रुखनजिक नजान र आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

images
प्रकाशित मिति :आश्विन १०, २०८३ शनिवार - १६:१९:५२ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology