Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चितवनको रामपुरमा विद्युत् ट्रान्सफर्मरमा करेन्ट लागेर पोथी चितुवाको मृत्यु

चितवनको रामपुरमा विद्युत् ट्रान्सफर्मरमा करेन्ट लागेर पोथी चितुवाको मृत्यु

इच्छाकामना न्युज

१०, आश्विन २०८३
चितवनको रामपुरमा विद्युत् ट्रान्सफर्मरमा करेन्ट लागेर पोथी चितुवाको मृत्यु
images

चितवन। भरतपुर महानगरपालिका–१५, रामपुरमा विद्युत् ट्रान्सफर्मरमा करेन्ट लागेर एक चितुवा मरेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार आज (शनिवार) दिउँसो पोथी चितुवा मृत अवस्थामा फेला परेको हो ।

images
images

मृत चितुवा करिब ८ देखि १० महिनाको पोथी रहेको उनले जानकारी दिए । चितुवालाई आवश्यक परीक्षण तथा पोस्टमार्टमका लागि सौराहा लगिएको छ ।


‘चितुवाको मृत्यु करेन्ट लागेरै मरेको भन्ने पुष्टि भएको छ । अन्य कारणसमेत जोडिएको हुन सक्छ ।’ उनले भने ‘पोस्टमार्टमपछि अन्य विवरण यकिन हुन्छ।’ पोस्टमार्टमपछि चितुवाको मृत्युको कारणसहित घटनाको थप विवरण खुल्ने सूचना अधिकारी पौडेलले बताए ।

images
प्रकाशित मिति :आश्विन १०, २०८३ शनिवार - १८:०१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology