काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजार १६।४७ अंकले घटेर २६१३।३३ विन्दुमा रोकिएको छ । यो ०।६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ ।
सोमबार कूल ३५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर किनबेच भयो । जसबाट कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज व्यापारबाहेक सबै उपसूचकको मूल्य घट्यो । जसको प्रभाव समग्र बजारमा देखिएको छ । आज सबैभन्दा धेरै निर्जिवन बीमाका लगानीकर्ताले १।२० प्रतिशतले घाटा बेहोरेका छन् ।
सोमबार केबीएल डिभेन्चरको मूल्य सर्वाधिक १२।१७ प्रतिशतले बढ्यो । लक्ष्मी सनराइज डिभेन्चरको मूल्य १० प्रतिशतले वृद्धि भयो । प्राइम बैंक डिभेन्चरको मूलय ८।८३ प्रतिशतले बढ्यो । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १०।५८ प्रतिशतले घट्यो ।
यसबाहेक इमर्जीङ नेपाल लिमिटेड, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, द्यौलागिरी लघुवित्त वित्तिय संस्थालगायत धितोपत्रको मूल्य समेत धेरैले घटेको छ । आज हिमालयन डिष्ट्रिलरीको सबैभन्दा धेरै रकम कारोबार भयो । हाथवेको सबैभन्दा धेरै वटा कारोबार भए ।