Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इलाममा जिप दुर्घटना, १२ वर्षीया बालिकाको अवस्था गम्भीर

इलाममा जिप दुर्घटना, १२ वर्षीया बालिकाको अवस्था गम्भीर

इच्छाकामना न्युज

१२, आश्विन २०८३
इलाममा जिप दुर्घटना, १२ वर्षीया बालिकाको अवस्था गम्भीर
images

इलाम। इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये १२ वर्षीया बालिकाको अवस्था गम्भीर रहेको छ।

images
images
नेपाल प्रहरीका अनुसार २०८३ असोज १२ गते बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे.१ ज ३३४७ नम्बरको जिप आरुबोटे–दमक भित्री कच्ची सडकखण्डको दहगाउँमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा जिप चालक पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय खेमराज मगर, मिक्लाजुङ–५ की ४३ वर्षीया मनकुमारी लावती र तुम्बेवा–१ का २१ वर्षीय जनक तामाङ सामान्य घाइते भएका छन्। मनकुमारीकी २३ महिनाको छोरा लाम्सेमा लावती मध्यम घाइते भएका छन्।

मनकुमारीकी १२ वर्षीया छोरी लाम्सिमी लावतीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी इभाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - १७:१५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology