काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिबारे छलफल हुने जनाइएको छ।
पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाएको छ। भण्डारी पनि आजको स्थायी कमिटी बैठकमा सहभागी हुने बताइएको छ। एमालेको स्थायी कमिटीमा केन्द्रीय पदाधिकारीसहित २७ जना सदस्य छन्।