Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

images

इच्छाकामना न्युज

२५, आश्विन २०८३
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
images

धादिङ। त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदी सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज दिउँसो ३ः१० बजेदेखि उक्त सडकखण्डमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको हो।

नेपाल प्रहरीका अनुसार त्रिशूली नदीले सडक कटान गर्दा गत असोज २३ गते साँझ गलौदीमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो। सडकको केही भाग भासिएर जोखिम बढेपछि उक्त खण्डमा दुवैतर्फी सवारी आवागमन बन्द गरिएको थियो। सडक मर्मत तथा आवश्यक व्यवस्थापनपछि यातायात सञ्चालनमा आएको हो।

images
प्रकाशित मिति :आश्विन २५, २०८३ आइतवार - १६:५५:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology