Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

नेपाल सरकारको वन विभागको महानिर्देशकमा नवराज पुडासैनी नियुक्त

नेपाल सरकारको वन विभागको महानिर्देशकमा नवराज पुडासैनी नियुक्त

images

इच्छाकामना न्युज

२६, आश्विन २०८३
नेपाल सरकारको वन विभागको महानिर्देशकमा नवराज पुडासैनी नियुक्त
images

काठमाडौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, कमाने निवासी नवराज पुडासैनी नेपाल सरकारको वन विभागको महानिर्देशकमा नियुक्त हुनुभएको छ। नेपाल सरकारको निर्णयअनुसार उहाँलाई वन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। मकवानपुरमा वन क्षेत्रमा पहिलो महाँनिर्देशकको रुपमा उहाँ नियुक्त हुनु भएको हो ।

वन तथा वातावरण क्षेत्रको लामो अनुभव हासिल गर्नुभएका पुडासैनी मकवानपुर जिल्लाका अनुभवी वनकर्मीका रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्व र संलग्नतामा नेपालले वन संरक्षण तथा कार्बन व्यापारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। विशेषगरी वन विनाश तथा वन क्षयीकरणबाट हुने उत्सर्जन न्यूनीकरण (रेडप्लस) कार्यान्वयनमार्फत दक्षिण एसियामै पहिलोपटक कार्बन आम्दानी भित्र्याउन नेपाल सफल भएको उहाँले उल्लेख गर्नुभएको छ। वन विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्न लाग्नुभएका पुडासैनीले नेपालमा कार्बन व्यापारको विकास र विस्तारका लागि भएका उपलब्धिलाई महत्त्वपूर्ण रूपमा लिनुभएको छ।

उहाँका अनुसार एसियामै पहिलोपटक लिफ कोलिसनअन्तर्गत उत्सर्जन न्यूनीकरण खरिद सम्झौता (इआरपीए) मा हस्ताक्षर भएको छ। त्यस्तै, एकै वर्षमा दुईवटा परियोजनाका कार्बन मापनसम्बन्धी प्रतिवेदन विश्व बैंक र एआरटी सचिवालयमा पेस गर्न सफलता मिलेको छ। कार्बन व्यापारलाई व्यवस्थित र विश्वसनीय बनाउन दुईवटा परियोजनाका लागि तीनवटा प्रमाणीकरण तथा सत्यापन निकाय छनोट गरिएको छ। यसैगरी, हरित जलवायु कोषमा रेडप्लससम्बन्धी प्रस्ताव पेस गरिएको छ भने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) मा वन क्षेत्रको सन्दर्भ उत्सर्जन तहसम्बन्धी प्रतिवेदन पेस गरिएको छ। पुडासैनीका अनुसार कार्बनबाट प्राप्त लाभको न्यायोचित वितरणका लागि दुईवटा लाभ वितरण योजना तयार गरी स्वीकृत गरिएको छ।

लाभ वितरण योजनाको व्यवस्थापन तथा अनुगमनलाई प्रभावकारी बनाउन व्यवस्थापन सूचना प्रणालीसमेत तयार गरिएको छ। नेपालमा रेडप्लस कार्यक्रमअन्तर्गत १० करोड ७० लाख अमेरिकी डलर बराबरको कार्बन वित्त स्थापित भएको र एक अर्ब ३४ करोड रुपैयाँ वितरणको प्रक्रिया सुरु भएको उहाँले उल्लेख गर्नुभएको छ। साथै, सन् २०२५ देखि २०३५ सम्मका लागि नयाँ रेडप्लस रणनीतिसमेत स्वीकृत भएको छ। नेपाललाई कार्बन व्यापारको क्षेत्रमा थप अगाडि बढाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै पुडासैनीले वन विभागको महानिर्देशकको जिम्मेवारी प्रदान गर्ने पुडासैनीले मन्त्रीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

उहाँले हेटौँडाबाट वन विभागको महानिर्देशक बन्ने पहिलो व्यक्ति हुन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सबैको सहयोग र साथ प्राप्त हुने अपेक्षा राख्नुभएको छ। वन संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा कार्बन वित्तको प्रभावकारी परिचालनमार्फत नेपालको वन क्षेत्रलाई आर्थिक समृद्धि र वातावरणीय संरक्षणसँग जोड्ने काममा आगामी दिनमा उहाँको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - १७:५०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology