शुक्रबार आयोजित ७१औँ प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री साहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो।
प्रधानमन्त्री साहको सन्देश वाचन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम तथा पूर्वाधारका क्षेत्रमा थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
प्रधानमन्त्री साहले साइबर तथा वित्तीय अपराध नियन्त्रणका साथै कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई पनि प्राथमिकता दिइएको उल्लेख गर्नुभएको छ।
आन्तरिक शान्ति तथा सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उहाँले सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्नेमा जोड दिनुभएको छ।
प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउँदै आएका मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति पनि प्रधानमन्त्री साहले धन्यवाद व्यक्त गर्नुभएको छ।