Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोरोनाको जोखिम व्यवस्थापनका लागि सातै प्रदेशलाई मन्त्रालयको परिपत्र 

कोरोनाको जोखिम व्यवस्थापनका लागि सातै प्रदेशलाई मन्त्रालयको परिपत्र 

इच्छाकामना न्युज

९, चैत्र २०७७
कोरोनाको जोखिम व्यवस्थापनका लागि सातै प्रदेशलाई मन्त्रालयको परिपत्र 
images

काठमाण्डौ, ९ चैत । सरकारले कोरोना व्यवस्थापनाका लागि सम्बन्धीत निकायलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो परिपत्र गर्दै सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय, संघीय तथा प्रादेशिक अस्पताल, स्वास्थ्य संस्था, सबै जिल्ला स्वास्थ्य कार्यालय र सीमा नाका हेल्थ डेस्कहरुलाई कोरोना व्यवस्थापनका लागि आग्रह गरेको छ ।

images
images

मन्त्रालयले सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको मलेरियाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) तथा सम्भव भएसम्म कोभिड १९ को एन्टीजेन टेस्टको व्यवस्था मिलाउन भनेको छ ।

यस्तै टेस्ट रिपोर्ट पोजेटिभ आएकाहरुको उपचार व्यवस्थापन स्वास्थ्य संस्था वा अस्पतालसँग समन्वय गरी मन्त्रालयको मलेरिया तथा कोभिड १९ को व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम गर्न पनि भनिएको छ । मन्त्रालयले यसका लागि स्थानीय निकाय, अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरुले आवश्यक सहयोग र समन्वय तथा सहकार्य गर्नका लागि पनि भनेको छ ।

यस्तै क्वारेन्टाइन आदेश, २०७७ बमोजिम व्यवस्था लागू गर्न, केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ्गलाई बढाउन, आवश्यक पिसिआर तथा एन्टिजेन टेस्टको सुनिश्चितता गर्न, सबै अस्पताल र स्वास्थ्य संस्थालाई कोरोना महामारी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन पनि मन्त्रालयले परिपत्रमा भनेको छ ।

साथै सरकारले जारी गरेको कोरोना सम्बन्धी जनस्वास्थ्यका मापदण्ड कडाईंका साथ पालना गर्न पनि भनिएको छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - ०९:१२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology