Logo

शुक्रवार, मंसिर ५ गते २०८३

images
२०८३, मंसिर ५ गते
images

नेपाली होमस्टे र स्थानीय उत्पादनको पहिचान कोलकातामा फैलाइँदै

नेपाली होमस्टे र स्थानीय उत्पादनको पहिचान कोलकातामा फैलाइँदै

images

इच्छाकामना न्युज

४, मंसिर २०८३
नेपाली होमस्टे र स्थानीय उत्पादनको पहिचान कोलकातामा फैलाइँदै
images

रमेशचन्द्र बस्ताकोटी

नवलपुर। नेपाली गाउँघरका मौलिक स्वाद, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपालको सहभागिताको तयारी गरिएको छ ।महोत्सवलाई नेपाली होमस्टे (घरवास), स्थानीय कृषि उत्पादन र ग्रामीण पर्यटनको पहिचान विदेशी पर्यटक तथा बजारसम्म पु¥याउने अवसरका रूपमा लिइएको होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए ।

महोत्सवमा सहभागी हुन महासंघले होमस्टे सञ्चालक, कृषक, उद्यमी तथा स्थानीय उत्पादनसँग जोडिएका सरोकारवालालाई आह्वान गरेको छ । अध्यक्ष थारूले महोत्सवलाई नेपालको होमस्टे पर्यटन र स्थानीय उत्पादनको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताए ।

‘हामीले यस महोत्सवलाई नेपालको होमस्टे, स्थानीय उत्पादन, मौलिक संस्कृति र ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएका छौँ । नेपालका गाउँघरमा उत्पादन हुने वस्तु र त्यहाँको मौलिक आतिथ्य संस्कृतिलाई विदेशी पर्यटक तथा बजारसम्म पु¥याउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ,’ अध्यक्ष थारूले भने ।

मर्दनिया नेपालकै चर्चित अमलटारी होमस्टेका अध्यक्ष समेत हुन् ।आगामी डिसेम्बर ११ देखि १३ (मंसिर २५ देखि २७) सम्म भारतको कोलकातास्थित सिटी सेन्टर–१, साल्टलेकमा महोत्सव आयोजना हुँदैछ । एसोसिएसन फर कन्जर्भेसन एन्ड टुरिजम (एसीटी) भारतको आयोजनामा हुने महोत्सवमा नेपालका होमस्टे सञ्चालक, स्थानीय उत्पादनका उत्पादक, उद्यमी तथा सांस्कृतिक प्रस्तोताहरूलाई सहभागी गराउने होमस्टे महासंघको तयारी छ ।

महोत्सवमा नेपाली सुन्तला, एभोकाडो, किवीलगायत फलफूल, स्थानीय कृषि उपज, हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी र बिक्री गर्न सकिनेछ । यसले नेपाली उत्पादनको बजार विस्तारसँगै नेपालको ग्रामीण पर्यटन र होमस्टे संस्कृतिको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थारूले बताए ।

‘हामीले नेपालका विभिन्न स्थानमा सञ्चालित होमस्टेहरूको मौलिकता, स्थानीय खानपान, रहनसहन, संस्कृति र पर्यटकीय सम्भावनालाई महोत्सवमार्फत प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने । महोत्सवमा सहभागी हुनेहरूका लागि प्रदर्शनी तथा बिक्री स्टल र आवास निःशुल्क उपलब्ध गराउने व्यवस्था महासंघले मिलाएको उनले बताए । महासंघले होमस्टे सञ्चालक, कृषक, उद्यमी तथा स्थानीय उत्पादनसँग जोडिएका सबैलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

 

 
 

images
प्रकाशित मिति :मंसिर ४, २०८३ बिहिवार - १४:५०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology