Logo

बिहिवार, मंसिर ४ गते २०८३

images
२०८३, मंसिर ४ गते
images

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

images

इच्छाकामना न्युज

४, मंसिर २०८३
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
images

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ कलङ्की बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट उनीहरूलाई नगद ६१ हजार ३१० रूपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो ।मोरङ बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु चार जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८२५ रूपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर ४, २०८३ बिहिवार - १६:५७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology