Logo

बिहिवार, मंसिर ४ गते २०८३

images
२०८३, मंसिर ४ गते
images

बराह सहकारी ठगीका दुई फरार प्रतिवादी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ

बराह सहकारी ठगीका दुई फरार प्रतिवादी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ

images

इच्छाकामना न्युज

४, मंसिर २०८३
बराह सहकारी ठगीका दुई फरार प्रतिवादी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ
images

काठमाडौँ। प्रहरीले सहकारी ठगी,सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ ।

पक्राउपर्नेमा बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक काठमाडौँ महानगरपालिका–२२ बस्ने धरान उपमहानगरपालिका–१२ घर भएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा ९लामिछाने० र सोही सहकारी संस्थाका ऋण उपसमिति सदस्य धरान उपमहानगरपालिका–१५ बस्ने ३३ वर्षीया अस्मिता भण्डारी छन् ।
धरानमा बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय रही सहकारी संस्थासँग आबद्ध नेपाल राज्यभर जम्मा ३० वटा र विदेशमा चार वटा कम्पनीसमेत स्थापना गरी विभिन्न मितिमा पीडितको बचत गरेको रकम अपचलन तथा ठगी गरी फरार रहेका उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले सुनसरीस्थित नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरू उपर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
 
 

images
प्रकाशित मिति :मंसिर ४, २०८३ बिहिवार - १५:४५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology