Logo

शुक्रवार, मंसिर ५ गते २०८३

images
२०८३, मंसिर ५ गते
images

पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु

पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु

images

इच्छाकामना न्युज

५, मंसिर २०८३
पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु
images

पाल्पा। पाल्पाको ऐतिहासिक तथा धार्मिक सत्यवती मेला आजदेखि सुरु भएको छ । गाउँपालिका–४ स्थित सत्यवतीताल क्षेत्रमा लाग्ने यस मेलामा मनोकामना पूरा हुने जनविश्वासका साथ नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट भक्तजन आउने गरेका छन् ।

सत्यवतीबज्यै कानले नसुन्ने भएकाले भक्तजनले तालनजिकै पुगेर चिच्याउँदै आफूले चिताएको वर माग्ने परम्परा रहिआएको छ । चिच्याएर वर मागेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ हजारौँ भक्तजनको जमघट हुने गर्दछ ।

मेला भर्न आउने भक्तजन रातभर जाग्राम बसेर पूजा गर्ने र बिहान देवीसँग चिच्याएर वर माग्ने गर्दछन् । यस वर्ष मङ्सिर ४ देखि ८ गतेसम्म मेला सञ्चालनहुने सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।
उहाँका अनुसार मेलाकालागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । मङ्सिर ७ गते राति पूर्णिमा परेकाले ७ र ८ गतेलाई यस वर्ष पूजाआजाका विशेष दिनका रूपमा लिइएको छ । सत्यवतीबज्यैको दर्शन तथा पूजाका लागि विशेष साइत जुरेकाले विगतका वर्षभन्दा यसपटक भक्तजनको सहभागिता बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न स्थानमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । धार्मिक तथा सांस्कृतिकमर्यादा कायम राख्न मेला क्षेत्रमा मदिराजन्य पदार्थको बिक्रीतथा सेवनलाई निषेध गरिएको समितिले जनाएको छ । सत्यवती मेलाको अर्को विशेषता रातको समयमा लिङ्गो गाडेर वर माग्ने परम्परा हो ।
भक्तजनले बाँस, निङ्गालो, साललगायतका काठबाट बनेका लिङ्गो ताल क्षेत्रमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो पहिचान गरी पूजा गरेपछि घर फर्कने चलन छ ।

मन्दिरमा बोका तथा पाठीको बलि चढाउने र परेवा उडाउने परम्परासमेत रहिआएको छ । परापूर्वकालमा सत्यवतीबज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्तिप्राप्त गरेको किंवदन्तीप्रचलित छ । कानले नसुन्ने देवी भएकाले भक्तजनले आफ्नो मनोकामना चिच्याएर सुनाउने गरेको धार्मिक मान्यता छ ।
विगतमा कात्तिक शुक्ल चतुर्दशीका दिन मन्दिरमा बास बसेर रातभर पूजापाठ गर्ने र बिहान झिसमिसेमै वर मागेर फर्कने चलनथियो । पछिल्लो समय भने कात्तिक शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म नै रातदिन पूजापाठ तथा वर माग्ने परम्परा विकसित भएको छ ।
सत्यवतीबज्यैको तीनतले नयाँ मन्दिर निर्माण

यस वर्षको सत्यवती मेलाको अर्को आकर्षण नवनिर्मित मन्दिर बनेको छ । पुरानो मन्दिर जीर्ण र साँघुरो भएपछि तिनाउ गाउँपालिकाको सहयोगमा मन्दिर तथा ताल संरक्षण विकास समितिले नयाँ तीनतले मन्दिर निर्माण गरेको हो ।
रु ६५ लाख ५८ हजारभन्दा बढी लागतमा मन्दिर निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । पुरानो मन्दिर जीर्ण र सानो भएकाले नयाँ संरचना निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नयाँमन्दिर सत्यवतीताल क्षेत्रको गुरुयोजनाअनुसार निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भएपछि यस वर्ष मेलामा आउने भक्तजनले नयाँ मन्दिरमै पूजाआजा गर्न पाउने भएका छन् । यसैगरी सत्यवती तालसम्म पुग्ने झुम्सा–गोबरबन्दी सडकको ग्राभेल तथा स्तरोन्नतिको कामसमेत गरिएको छ । सडक सुधार र नयाँ मन्दिर निर्माणले मेलामा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ ।

धार्मिक आस्था, मौलिक परम्परा र सांस्कृतिक पहिचान बोकेको सत्यवती मेला पाल्पाको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ । हरेक वर्ष हजारौँ भक्तजनको आगमन हुने यस मेलाले स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत योगदान पु¥याउँदै आएको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर ५, २०८३ शुक्रवार - १५:५६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology