Logo

शुक्रवार, मंसिर ५ गते २०८३

images
२०८३, मंसिर ५ गते
images

विद्यालय जाँदै गरेकी १४ वर्षीया सुजिना गुरुङ बेपत्ता,खोजीका लागि प्रहरी गुहार्दै परिवार

विद्यालय जाँदै गरेकी १४ वर्षीया सुजिना गुरुङ बेपत्ता,खोजीका लागि प्रहरी गुहार्दै परिवार

images

इच्छाकामना न्युज

५, मंसिर २०८३
विद्यालय जाँदै गरेकी १४ वर्षीया सुजिना गुरुङ बेपत्ता,खोजीका लागि प्रहरी गुहार्दै परिवार
images

चितवन । भरतपुर महानगरपालिका–२० रानीपोखरी मिलडाँडाकी १४ वर्षीया सुजिना गुरुङ बेपत्ता भएकी छन् । किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुजिना बिहीबार बिहान करिब साढे ९ बजे विद्यालय जान घरबाट निस्किएकी थिइन् ।

छोरी विद्यालय नपुगेको जानकारी उनका अभिभावकले दिउँसो २ देखि ३ बजेको बीचमा विद्यालयबाट फोन आएपछि पाएका थिए । विद्यालयको पोसाक लगाएर घरबाट निस्किएकी सुजिनाको झोलामा किताब हुनुपर्ने ठाउँमा अन्य कपडा रहेको पाइएको परिवारले जनाएको छ । छोरी बेपत्ता भएको जानकारी पाएपछि परिवारले खोजी गर्ने क्रममा विद्यालय नजिकैको बाँसको झाडीमा उनका कपडा फेला पारेको बताइएको छ ।

बेपत्ता भएको दोस्रो दिन शुक्रबार पनि सुजिनाको अवस्था अज्ञात रहेको छ । छोरीको खोजी गरिदिन आग्रह गर्दै उनका बुवाआमा जिल्ला प्रहरी कार्यालय भरतपुर पुगेका छन् । परिवारले सुजिनाको खोजीमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८३ शुक्रवार - १५:२१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology