Logo

शनिवार, मंसिर ६ गते २०८३

images
२०८३, मंसिर ६ गते
images

तीन दिनदेखि बेपत्ता १४ वर्षीया सुजिना गुरुङ परिवारको सम्पर्कमा

तीन दिनदेखि बेपत्ता १४ वर्षीया सुजिना गुरुङ परिवारको सम्पर्कमा

images

इच्छाकामना न्युज

६, मंसिर २०८३
तीन दिनदेखि बेपत्ता १४ वर्षीया सुजिना गुरुङ परिवारको सम्पर्कमा
images

भरतपुर। तनहुँको देवघाट गाउँपालिका–४, जोलेआप घर भई हाल चितवनको भरतपुर महानगरपालिका–२०, रानीपोखरी मिलडाँडामा बसोबास गर्दै आएका मानबहादुर गुरुङ र धनसरी गुरुङकी १४ वर्षीया छोरी सुजिना गुरुङ तीन दिनपछि परिवारको सम्पर्कमा आएकी छन्। रानीपोखरीस्थित श्री किरण अमरजंग गुरुङ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सुजिना बिहीबार बिहान करिब ९ः३० बजे विद्यालय जान घरबाट निस्किएकी थिइन्। तर उनी विद्यालय नपुगेपछि परिवारले खोजी सुरु गरेको थियो। छोरी विद्यालय नपुगेको जानकारी अभिभावकले बिहीबार दिउँसो करिब २ देखि ३ बजेको समयमा विद्यालयबाट फोन आएपछि थाहा पाएका थिए।

विद्यालयको पोसाक लगाएर घरबाट निस्किएकी सुजिनाको झोलामा किताबको सट्टा अन्य कपडा रहेको पाइएको परिवारले जनाएको थियो। खोजी गर्ने क्रममा विद्यालय नजिकैको बाँसको झाडीमा उनका झोला र कपडासमेत फेला परेको बताइएको थियो। छोरी बेपत्ता भएपछि अभिभावकले खोजीका लागि सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय चितवन तथा इच्छाकामना न्युजलाई आग्रह गरेका थिए। यसैबीच, बेपत्ता भएको तेस्रो दिन आज शनिबार बिहान करिब ८ बजेको समयमा भरतपुर महानगरपालिका–१, ठिमुरामा सुजिना फेला परेकी हुन्। उनी शुक्रबार साँझ नै ठिमुरामा नजिकैको एक चौतारी बसिरहेको अवस्थामा त्यहिको सानानानीहरूले देखेर घरमा लगेर राखिएको थियोे ।

ठिमुरा निवासी निर्मल गुरुङले आफ्नो घरनजिकैको छिमेकीको घरमा अपरिचित बालिका आएको थाहा पाएपछि बेपत्ता सुजिनासम्बन्धी इच्छाकामना न्युजमा प्रकाशित समाचारसँग उनको अवस्था मिल्दोजुल्दो देखेका थिए। त्यसपछि उनले इच्छाकामना न्युजलाई जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि इच्छाकामना न्युजकी संवाददाता करिष्मा गुरुङ स्वयं घटनास्थलमा पुगेर सुजिनालाई भेटेकी थिइन्।

त्यसपछि शनिबार बिहान ठीक १० बजे उनलाई परिवारको जिम्मा लगाइएको हो। छोरी सकुशल फेला परेपछि सुजिनाका बुवाआमाले उनको खोजीमा सहयोग गर्ने,सूचना उपलब्ध गराउने तथा समाचार सम्प्रेषण गर्ने इच्छाकामना न्युजलाई धन्यवाद व्यक्त गरेका छन्। 

images
प्रकाशित मिति :मंसिर ६, २०८३ शनिवार - १३:१०:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology