Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगायो 

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगायो 

एजेन्सी

१२, चैत्र २०७७
भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगायो 
images

भारतले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ । पछिल्लो समय भारतमा दोस्रो चरणको कोरोना सङ्क्रमणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

images
images

अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानाएको छ ।  भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।

भारतको यस निर्णयको प्रभावले नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाकै खोप परेको छ ।

images
प्रकाशित मिति :चैत्र १२, २०७७ बिहिवार - २०:१५:१५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology