कुरिनटार, १२ चैत । चितवनको इच्छाकामना गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले समुद्घाटन गर्नुभएको छ।

प्रतियोगिताको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगिताले उत्कृष्ट खेलाडी जन्माउन सहयोग पु¥याउन सक्ने बताउदै भोलीको दिनमा खेलबाटै इच्छाकामनाको पहिचान दिलाउन सक्ने अवस्था रहने भएकोले अनुसाशित भै प्रतियोगितामा सहभागी हुन गाउँपालिका अध्यक्ष गुरुङले खेलाडीहरुलाई आग्रह गर्नुभयो।
आज र भोली २ दिन चल्ने प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा विद्यालयले सहभागीता जनाएका छन्, भने भलिबल तेक्वान्दो, कबड्डी र एथलेटिक्स खेलहरु समावेश गरेका छन्। यस्तै प्रतियोगिता सर्वशान्ति मावि कुरिनटारको प्राङ्गणमा खेलाईएको छ।