Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेसले बोलायो आकस्मिक बैठक

इच्छाकामना न्युज

१४, चैत्र २०७७
कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

images

नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२:०० बजेदेखि २:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल हुदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०८:४३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology