Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिद लखन र तनहुँको देवघाट गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापित

गोरखाको शहिद लखन र तनहुँको देवघाट गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापित

भगिनी सम्बन्धले दुवै गाउँपालिकाको धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास

चित्र बहादुर गुरुङ

३०, आश्विन २०७७
गोरखाको शहिद लखन र तनहुँको देवघाट गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापित

घैरुङ, ३० असोज । गोरखाको शहिद लखन गाउँपालिका र तनहुँको देवघाट गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापित भएको छ। सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा बिच आज भगिनी सम्बन्ध कायम सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएसँगै दुवै गाउँपालिका बिच भगिनी सम्बन्ध स्थापित भएको हो। 
गोरखाको सहिद लखन गाउँपालिकामा धार्मिक पर्यटनको महत्व बोकेको देशकै चर्चित स्थल मनकामना माई, बक्रेश्वरी जस्ता धार्मिक स्थलहरु रहेका छन् भने तनहुँको देवघाट गाउँपालिकामा संसारका हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाटधाम रहेका छन्। यसैले पनि धार्मिक पर्यटनको महत्व बोकेको दुवै गाउँपालिकाले एकअर्काको धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचार प्रसार, प्रवद्र्धन र विकास गर्न सघाउ पुग्ने विश्वासले भगिनी सम्बन्ध स्थापित गरेको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले बताउनुभयो। 
सम्झौता पत्रमा दुवै पालिकाले सामाजिक सद्भाव कायम गरि एक अर्काको गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक स्थलहरु, साँस्कृतिक ग्रामहरुको बारे प्रचारप्रसार गरि सहयोग गर्ने कुरा उल्लेख गरेका छन।
सहिद लखन गाउँपालिका घैंरुङमा आईपुगेको तनहुँ देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाको भ्रमणदललाई गाउँपालिका अध्यक्ष रमेश बाबू थापा मगरले प्रथम सहिद लखन थापा मगरको प्रतीकात्मक तस्वीर र मनकामना मन्दिरको फोटो हस्तान्तरण गरि भव्य स्वागत गर्नुभएको थियो।
यस्तै धार्मिक तथा साँस्कृतिक रुपमा महत्व बोकेका अन्य गाउँपालिका संग पनि देवघाट गाउँपालिकाले आफ्नो भगिनी सम्बन्ध स्थापित गर्दै जाने कुरा गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले बताउनुभयो। ‘यो सम्बन्धले देवघाटको थप प्रचार प्रसार र महत्व विस्तार हुनेछ’ उहाँले भन्नुभयो।

images

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १८:४२:१८ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology