Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

‘कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान’बाट आँबुखैरेनीका स्वास्थ्यकर्मीद्वय उपाध्याय र पण्डित सम्मानित

‘कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान’बाट आँबुखैरेनीका स्वास्थ्यकर्मीद्वय उपाध्याय र पण्डित सम्मानित

images

इच्छाकामना न्युज

१४, चैत्र २०७७
‘कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान’बाट आँबुखैरेनीका स्वास्थ्यकर्मीद्वय उपाध्याय र पण्डित सम्मानित
images

आँबुखैरेनी, १४ चैत । ‘कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान’बाट आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत २ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन्। सम्मानित हुनेहरुमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय र आँबुखैरेनी स्वास्थ्य चौकीमा कार्यरत ल्याव टेक्निसियन अमृत पण्डित रहेका छन्। 

उनीहरुलाई आँबुखैरेनी स्रष्टा समाज आँबुखैरेनीले कोरोना महामारीको बेला उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै आज एक कार्यक्रमको आयोजना गरि ‘कृष्णदास चेतकुमारी मल्ल उत्कृष्ट स्वास्थ्य सेवा सम्मान’बाट सम्मानित गरेको हो। सम्मानित हुने स्वास्थ्यकर्मीद्वयलाई सम्मानपत्र, खादा, मायाको चिनो र नगद समेत प्रदान गरिएको थियो। 

agam.jpg

पुरस्कार स्थानीय बुद्धिजिवी एवं समाजसेवी भगवानदाश मल्लले आफ्नो बाबु कृष्णदाश मल्ल र आमा चेतकुमारी मल्लको स्मृतिमा आँबुखैरेनी स्रष्टा समाजले वितरण गर्ने गरि यसै वर्षदेखि स्थापना गरिएको हो।

सम्मानित भएपछि खुशी व्यक्त गर्दै आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले संस्था र दातालाई धन्यवाद दिए। यो सम्मानले आफुहरुलाई काम गर्न थप उत्साह मिलेको पनि उनले प्रतिक्रिया दिए।

कार्यक्रमको सभापति आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिलबाबु श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि प्राडा जगदिशचन्द्र भण्डारी, विशिष्ट अतिथि आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, वरिष्ठ समालोचक, सौन्दर्य चिन्तक प्राडा ताराकान्त पाण्डेय रहनुभएको थियो। 

images
प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - २०:०८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology