दारेचोक, १४ चैत । आगामी वर्ष हुन लागिरहेको राष्ट्रिय जनगणनालाई लक्षित गरि तमु प्ये ल्हु संघ चितवनले सुरु गरेको ‘जनगणनामा वोन धर्म लेखौ र लेखाऔं अभियान’ चितवन स्थित इच्छाकामना गाउँपालिकाको वडा नं. ३ डोडे गाउँमा पुगेको छ। संघले आज डोडे गाउँमा एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण गुरुङ समुदायहरुले ‘जनगणनामा वोन धर्म लेखौ र लेखाऔं अभियान’ बारे जानकारी गराएको हो।

अभियान बारे संघका चितवन जिल्ला अध्यक्ष जगत बहादुर गुरुङले अब हुने जनगणनामा गुरुङ समुदायले आफ्नो धर्म, भाषा, जाती बारे के लेख्ने र किन लेख्ने भन्ने विषयमा जानकारी गरएका थिए। कार्यक्रममा संघका सचिव बिक्रम गुरुङले संघको २४ वटा ईकाइ समितिहरु मध्य १९ वटा इकाईमा अभियान संचालन गरिसकेको बताए।

यस्तै अभियानको क्रममा डोडेमा भएको कार्यक्रममा संघका जिल्ला महिला समिति अध्यक्ष इन्द्रकुमारी गुरुङ लगायतको उपस्थिति रहेको थियो।