Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

भारतबाट नेपाल फर्कनेहरूको सङ्ख्या बढ्यो

भारतबाट नेपाल फर्कनेहरूको सङ्ख्या बढ्यो

images

सिआईएन

१६, चैत्र २०७७
भारतबाट नेपाल फर्कनेहरूको सङ्ख्या बढ्यो
images

काठमाण्डौ, १६ चैत । पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्दै गइरहेको एकातर्फ छ भने भारतबाट नेपालीहरू स्वदेश फर्कने क्रम पनि बढेको छ । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र रुपन्देहीको बेलहीया तथा बाँकेको जमुनाह नाकाबाट दैनिक धेरै सङ्ख्यामा नेपाली घर फर्किरहेका छन् ।

सङ्क्रमण अत्यधिक रहेको भारतबाट यसपटक पनि विना परीक्षण स्वदेश भित्रिदा फेरि सङ्क्रमण बढ्ने खतरा देखिएको छ । केहीदिन अघिसम्म गौरीफन्टा नाकाबाट दैनिक तीन सय नेपाली स्वदेश फर्किने गरेका थिए तर एकसाता यता भने यो सङ्ख्या दोब्बरले बढेको छ ।

अन्य नाकाको अवस्था पनि यस्तै छ । तर, स्वास्थ्य सावधानीका लागि परीक्षण तथा सावधानी अपनाइएको छैन । सङ्क्रमणको जोखिम अत्याधिक रहेकै बेला लुम्बिनी प्रदेश अन्तर्गतका नाकामा बिना परीक्षण स्वदेश फर्किनेको लर्को रहेको स्थानीयबासीको भनाइ छ । भारतमा कोरोनाको लहर फेरि तीव्र भएसँगै त्यहाँ पूगेका नेपाली धमाधम घर फर्किरहेका छन् ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री सुदर्शन बरालले सावधानी अपनाउने, सीमा नाकामा जाँचमा पनि कडाइ गरिएको सीआइएनसँग बताउनुभयो । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भारतमा दोस्रो लहर देखिए लगतै प्रदेशका चार वटै नाकामा स्वास्थ्य परीक्षण गरेर नेपाल भित्रन दिइएको जनाएको छ ।

सीआइएनसँग कुराकानी गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आत्तिइहाल्नु पर्ने अवस्था नरहेको सीआईएनसँग बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र १६, २०७७ सोमवार - ०९:०२:३३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology