Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सगरमाथा आरोहणका लागि सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनद्वारा १५ हजार भन्दा बढि नगद सहयोग

सगरमाथा आरोहणका लागि सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनद्वारा १५ हजार भन्दा बढि नगद सहयोग

इच्छाकामना न्युज

१८, चैत्र २०७७
सगरमाथा आरोहणका लागि सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनद्वारा १५ हजार भन्दा बढि नगद सहयोग

मुग्लिन, १८ चैत । चितवन जिल्लाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेका इच्छाकामना ५ मुग्लिनका कुमार गुरुङलाई सिर्जनशिल महिला जारण केन्द्र मुग्लिनले नगद आर्थिक सहयोग गरेको छ।  ‘चितवनदेखि चुचुरो, सिराईचुली देखि सगरमाथासम्म’ भन्ने अभियानका साथ सगरमाथा आरोहण गर्न लागेका आरोही गुरुङलाई केन्द्रले नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो। 

images

केन्द्रले मंगलबार मुग्लिनमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको समुपस्थितीमा केन्द्रका अध्यक्ष सावित्री पुडाशैनी मार्फत आरोही कुमार गुरुङलाई नगद सहयोग प्रदान गरेको थियो। 

यस्तै इच्छाकामनालाई चिनाउन प्रचार प्रसारका लागि सिराइचुली देखि सगरमाथा सम्म आरोहण गर्न लागिएकोले आरोहणमा साथ सहयोग गरेको केन्द्रका अध्यक्ष पुडाशैनीले बताए।

images
प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - ०८:५२:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology