Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

विश्वकपको युरोपियन छनोट फुटबलमा इटलीको लगातार तेस्रो जित

विश्वकपको युरोपियन छनोट फुटबलमा इटलीको लगातार तेस्रो जित

एजेन्सी

१९, चैत्र २०७७
विश्वकपको युरोपियन छनोट फुटबलमा इटलीको लगातार तेस्रो जित
images

इटलीले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो खेलमा जित हात पारेको छ। गयराति भएको खेलमा इटलीले लिथुनियालाई २–० गोल अन्तरले पराजित गरेको हो।

images
images

समूह ‘सी’ मा रहेको लिथुनियालाई उसैको मैदानमा इटलीले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो। जितसँगै इटलीले तीन खेलबाट ९ अङ्क जाडेको छ। यस्तै समूह ‘सी’ कै अर्को खेलमा बुल्गेरिया र नर्थन आयरल्यान्डले भने गोलरहित बराबरी खेलेका छन्।

त्यस्तै, दुई खेल खेलेको नर्थन आयरल्यान्ड र तीन खेल खेलेको बुल्गेरियाको समान १–१ अङ्कहुँदा दुई खेल खेलेको लिथुनिया भने अङ्कबिहीन छ।

images
प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - ०९:४१:३८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology