Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि के.सी. पब्लिक क्याम्पस तनहुँको कोषाध्यक्षमा चयन

आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि के.सी. पब्लिक क्याम्पस तनहुँको कोषाध्यक्षमा चयन

इच्छाकामना न्युज

२२, चैत्र २०७७
आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि के.सी. पब्लिक क्याम्पस तनहुँको कोषाध्यक्षमा चयन

नेपाल पब्लिक क्याम्पस संघ तनहुँको चौथो जिल्ला अधिवेशन आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी. कोषाध्यक्षमा सर्वसम्मत चयन भएको छ। शनिबार तनहुँको भिमादमा रहेको जनज्योती क्याम्पसमा भएको अधिवेशनले क्याम्पस प्रमुख के.सी.लाई कोषाध्यक्षमा चयन गरेको हो। 

images

संघ अधिवेशनले जनज्योति क्याम्पस सञ्चालन समितिका अध्यक्ष जीतप्रकाश आलेको संयोजकत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ। अधिवेशनबाट ११ सदस्यीय जिल्ला कायसमिति चयन गरी पब्लिक क्याम्पस संघको आगामी रणनीति तथा कार्यनीति पारित भएको छ ।

समितिमा सीकेबीके कलेजका अध्यक्ष ईन्द्रबहादुर कुँवर उपसंयोजक, आदिकवि भानुभक्त कलेजका प्राध्यापक संघका सभापति विजयराज खनाल सचिव, आँबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि केसी कोषाध्यक्ष तथा तनहुँ शारदा कलेजका प्राध्यापक संघका सभापति गोविन्दप्रसाद भट्टराई सहसचिव चयन भएका छन् ।

संघका सदस्यहरुमा पूर्कोट कालिका क्याम्पसका अध्यक्ष दुर्गाबहादुर राउत, त्रिभुवन क्याम्पसका क्याम्पस प्रमुख रविन्द्रराज जोशी, बन्दीपुर क्याम्पसका क्याम्पस प्रमुख विक्रम पिया र प्राध्यापक संघका सभापति गोवद्र्धन भट्टराई, शहिद कृष्ण क्याम्पसका क्याम्पस प्रमुख हरि लामिछाने र भानुभक्त बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति निरोज भट्टराई सर्वसम्मत चयन भएका छन् । नवनिर्वाचित समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।

भेलाले तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस सञ्चालन समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सिना, आँबुखैरेनी क्याम्पस सञ्चालन समितिका अध्यक्ष वंशीराम प्रधान र त्रिभुवन क्याम्पसका क्याम्पस सञ्चालन समितिका अध्यक्ष टेकबहादुर गुरुङ्ग छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सामुदायिक क्याम्पसहरुले स्थानीयमा क्षेत्रमा उच्च शिक्षाको पु¥याएको र स्थानीय निकायहरुको विकासका लागि शैक्षिक जनशक्ति उत्पादनमा सहयोग गरेको यथार्थलाई हृदयङ्गम गरी स्थानीय निकायहरुले यी कलेजहरुको सहज सञ्चालन र विकासका लागि पन्छिन नमिल्ने कुरामा जोड दिए ।

तनहुँ, २१ चैत । नेपाल पब्लिक क्याम्पस सँघका पूर्व केन्द्रीय अध्यक्ष तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसहरुले भोगिरहेका समस्याहरुको उजागार गर्दै आफ्नो कार्यकालमा नेपालका सामुदायिक क्याम्पसहरुको अस्तित्व कायम गराएको स्मरण गर्दै सामुदायिक क्याम्पसको व्यवस्थापन र सञ्चालनका लागि छुट्टै विश्वविद्यालय स्थापनामा जोड दिए ।

म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले पब्लिक कलेजहरुका समस्या समाधानका लागि स्थानीय तहहरु तयार रहेको जानकारी दिँदै भिमाद नगरपालिकामा अवस्थित जनज्योति क्याम्पसमा व्याडमिन्टन कोर्ट पालिकाको तर्फबाट निर्माण गरिदिने घोषणा गरिन् ।

नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेश संयोजक तथा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विस्तृत रुपमा पब्लिक कलेजका समस्या केलाउँदै देशको राज्य व्यवस्थाले पब्लिक क्याम्पसहरु प्रति देखाएको उदासिनता प्रति तीखो व्यङ्ग्य गरे ।

देशका प्राय सबै प्रदेशहरुमा पब्लिक विश्वविद्यालय सम्बन्धी योजना कार्यान्वयनको चरणमा पुग्दै गर्दा गण्डकी प्रदेशमा केहि काम नभएकोले दवाब सृजना गरेर अगाडी बढ्नु पर्नेमा उनले जोड दिए ।

अधिवेशन पब्लिक क्याम्पसहरुको विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नका लागि संयुक्त वैठक आयोजना गर्ने, चैत्र २६ र २७ गते आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको राष्ट्रिय भेलालाई सफल पार्ने, तीनै तहका सरकारलाई पब्लिक क्याम्पसहरुको सवलीकरणका लागि अनुरोध गर्ने र नेपाल पब्लिक क्याम्पस संघ जिल्ला कार्य समितिको सचिवालय दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा राख्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - २०:२२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology