Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

मनकामना जाने ३ वटा सहित गोरखाका ४३ वटा कच्ची सडकलाई अस्थायी रुट परमिट

मनकामना जाने ३ वटा सहित गोरखाका ४३ वटा कच्ची सडकलाई अस्थायी रुट परमिट

इच्छाकामना न्युज

२३, चैत्र २०७७
मनकामना जाने ३ वटा सहित गोरखाका ४३ वटा कच्ची सडकलाई अस्थायी रुट परमिट
images

गोरखा, २३ चैत । गोरखाको मनकामना जाने विभिन्न ३ वटा सहित ४३ वटा कच्ची सडकले अस्थायी रुट परमिट पाएको छ। लामो समयदेखि अनुमतिबिना सञ्चालन भएका गोरखाका ती कच्ची सडकहरुले सवारी सञ्चालनका लागि अस्थायी अनुमति पाएका हुन्।

images
images

अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले जिल्लामा गाडी चलिरहेका सडकहरुलाई अस्थायी अनुमति दिएको हो । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सो समितिले गोरखा, बुंकोट, नाम्जुङ, बतासे, तीनमाने, ताक्लुङ, मनकामना सडकलाई अस्थायी रुटपर्मिट दिएको हो । आँबुखैरेनी, रामशाहघाट, बनौति, मनकामना सडक, अँबुवा, ढाँडबारी, मनकामना सडक र नौ किलो मनकामना सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ ।

त्यस्तै गोरखा, बुंकोट, मैलुङ, क्यामुण्टार सडकलाई, गोरखा, बुंकोट, देउराली, वयाक, तीन घरे, रानीस्वाँरा, तीनमाने सडक, गोरखा, बुंकोट, बदेली, धुसेनी, माझीटार सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ । त्यस्तै समितिले गोरखा, बुंकोट, बतासे, गपटार, फुजेल, ढाबे, बेनिघाट सडकलाई, गोरखा, बुंकोट, भाल्डाँडा, पातीस्वाँरा, दर्बुङ, बेनिघाट सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ ।

समितिले गोरखा, बुंकोट, नामजुङ, बतासे, ताक्लुङ, गपटार सडकलाई, गोरखा, बुंकोट, नाम्जुङ, बतासे, मकैसिङ, बुटार, ताङ्लिचोक सडकलाई, गोरखा, बुंकोट, पोखरीडाँडा, थानडाँडा, रिप, धुसेनी सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ । त्यस्तै समितिले गोरखा, लक्ष्मीबजार, तीनमाने, रानागाउँ, बतासे, फुजेल सडकलाई, गोरखा, कोखेआहाले, घ्याम्पेशाल, आरुघाट, आर्खेत, सोती सडक, गोरखा, घ्याम्पेशाल, मसेल, देवीथान जराङ सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ ।

त्यस्तै समितिले गोरखा, नारेश्वर, होलसिङ, शिखर, निवेल सडक, गोरखा, कोखेआहाले, खान्चोक सडक, गोरखा, कोखेआहाले, झिँगटे, अश्राङ, बोर्लाङ, ऐरिभञ्ज्याङ, महादेवटार सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ । बैठकले गोरखा, घ्याम्पेशाल, ताकु, हुँडीखोला, खार्चोक सडक, गोरखा, घ्याम्पेशाल, गैरीछाप, सातदोबाटे, आरुपोखरी सडक, गोरखा, झिँगटे, कोयापानी, ढावा सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ ।

समितिको बैठकले गोरखा, घ्याम्पेशाल, कोयापानी, मुरलीचोक, रातामाटे, धारापानी, आरुपोखरी सडक, गोरखा, घ्याम्पेशाल, आरुघाट, फूलपाती भञ्ज्याङ, आरुआर्बाङ, आप्रिक सडक, गोरखा घ्याम्पेशाल, आरुघाट, फूलपातीभञ्ज्याङ, कल्लेरी चुरुङ सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ । गोरखा, आरुघाट, घाटवेशी, पिपलटार, क्यामुण्टार, माझीटार, ढावे, बेनिघाट सडक, गोरखा, बारकिलो, चोरकाटे, भालुस्वाँरा, ढोडेनी, बालुवा बारपाक सडक, गोरखा, बारकिलो, समिफेद, जोर्ती चौतारा, बिमिरे, घिमिरेगाउँ, हर्मी सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ । त्यस्तै गोरखा, बारकिलो, समिफेद, चापाभञ्ज्याङ, आँपपिपल, हर्मी सडक, बारकिलो, मसानेठाँटी, लुइँटेल, ठाँटीपोखरी, आँपपिपल, हर्मी, चित्रेपोखरी, हर्मी सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ ।

समितिको बैठकले गोरखा, बारकिलो, सातदोबाटो, बागडाँडा, गाईखुर सडक, गोरखा, बारकिलो, चोरकाटे, खहरे, सिम्ले, कुलगाउँ सडक, गोरखा, बारकिलो, चोरकाटे, खहरे, मसार, डाँडागाउँ, मोहोरिया, आहालडाँडा सडक, गोरखा, बारकिलो, चोरकाटे, भालुस् वाँरा, केराघारी, गोहोरे, डाँडागाउँ सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ । त्यस्तै समितिको बैठकले गोरखा, बारकिलो, चोरकाटे, गोपालडाँडा, जौबारी सडक, गोरखा, बारकिलो, भालुस्वाँरा, चनौटे, मुच्चोक, भच्चेक सडक, गोरखा, बारकिलो, भालुस्वाँरा, ढोडेनी, सौरपानी, रञ्चोक सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ ।

त्यसैगरी बैठकले गोरखा, बारकिलो, चोरकाटे, ढोडेनी, सिम्जुङ, घ्याच्चोक सडक, गोरखा, भालुस्वाँरा, झ्याल्ला, मुच्चोकटार, कुसुण्डे, मल्ले, भच्चेक सडक, गोरखा, चोरकाटे, चित्रे, भच्चेक, बुधसिङटार सडक, गोरखा, चोरकाटे, छोप्राक, थालाजुङ, केराबारी सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ । नयाँपुल, पौवाटार सडक, अँबुवा, बिर्दी, सेरा, पौवाटार सडक, मझुवा, देउराली सडकलाई पनि अस्थायी रुट पर्मिट दिएको छ ।

यसअघि गोरखामा आँबुखैरेनी, गोरखा सडकले मात्र स्थायी रुट पर्मिट पाएको थियो । हालै गोरखामा स्थानीय पूर्वाधार तथा यातायात कार्यालय स्थापना भएपछि पहिलो पटक कच्ची सडकहरुलाई अस्थायी रुट पर्मिट दिइएको हो । सार्वजनिक यातायात सञ्चालन गरिरहेका कम्पनीहरुले लामो समयदेखि रुट पर्मिट कायम गर्न माग गरिरहेकाले पर्मिट दिइएको समितिले जनाएको छ ।

ती सडकहरुमा सवारी सञ्चालन गर्न अस्थायी अनुमति दिन उचित भए नभएको बारे सिफारिस माग गरी सोही सिफारिसको आधारमा अस्थायी रुट पर्मिट दिइएको समितिले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - २१:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology