Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाईमा पहिलोपटक निर्वाचनबाट कार्यसमिति चयन, सभापतिमा दिपक कोइराला निर्वाचित

उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाईमा पहिलोपटक निर्वाचनबाट कार्यसमिति चयन, सभापतिमा दिपक कोइराला निर्वाचित

इच्छाकामना न्युज

२५, चैत्र २०७७
उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाईमा पहिलोपटक निर्वाचनबाट कार्यसमिति चयन, सभापतिमा दिपक कोइराला निर्वाचित

आँबुखैरेनी, २५ चैत । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको २५ औं साधारण सभा तथा ११ औं अधिबेशनमा आगामी २ बर्षका लागि निर्वाचन प्रक्रियाबाट पहिलोपटक नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्ष पदका पत्यासी रत्नकुमार श्रेष्ठलाई २६ मत अन्तरले पछी पार्दै अध्यक्ष पदका अर्का प्रत्यासी दिपक कोइराला अध्यक्षमा निर्वाचित हुनुभएको छ । दिपक कोइरालाले १२९ मत प्राप्त गर्नुभएको थियो भने , रत्नकुमार श्रेष्ठले १०३ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्ष पदमा भगवान श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ । यस्तै निर्वाचन प्रक्रियाबाट दिपक बाबु थापालाई २४ मत अन्तरले हराउदै गोविन्द श्रेष्ठ कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यसैगरी, १२८ मत प्राप्त गरि किशान श्रेष्ठ, १२३ मत प्राप्त गरि रमेशकुमार श्रेष्ठ, १६२ मत प्राप्त गरि सुरेन्द्रकुमार श्रेष्ठ, १२१ मत प्राप्त गरि रेजिना श्रेष्ठ, १३६ मत प्राप्त गरि लक्ष्मण श्रेष्ठ, १४६ मत प्राप्त गरि राजकुमार श्रेष्ठ, १२६ मत प्राप्त गरि सुभाष मिश्र र १४१ मत प्राप्त गरि गोविन्द अधिकारी सदस्य पदमा निर्वाचित हुनुभएको छ । यस्तै जिल्ला प्रतिनिधिमा उदिप श्रेष्ठ र मथुराम श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ । बजार इकाईको मंगलबार अबेर सप्पन्न निर्वाचनमा जम्मा २४८ मत खसेको थियो ।

images

images
प्रकाशित मिति :चैत्र २५, २०७७ बुधवार - ०७:४४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology