Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

बेनिघाट रोराङ गाउँपालिका चिम्मांग चितपुरका आगलागी ३ दिन देखि राहतको पखाईमा

बेनिघाट रोराङ गाउँपालिका चिम्मांग चितपुरका आगलागी ३ दिन देखि राहतको पखाईमा

इच्छाकामना न्युज

२८, चैत्र २०७७
बेनिघाट रोराङ गाउँपालिका चिम्मांग चितपुरका आगलागी ३ दिन देखि राहतको पखाईमा
images

बिशालटार, २८ चैत । धदिङ्गको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ चिम्मांग चितपुरका आगलागी पिडीत ३ दिनदेखि राहतको पखाईमा बसेका छन्। चैत २६ गते दिउँसो २ः३० बजेको समयमा स्थानीय सम्झना चेपाङ, कुमार चेपाङ र कान्छी माया चेपाङको घरमा आगलागी हुँदा घर सहित सम्पूर्ण कुरा जलेर पूर्ण रुपमा नष्ट भएको थियो। 

images
images

खाद्यान्न लत्ताकपडा सबै जलेर नष्ट भएपछि पिडित ३ दिनदेखि राहत पर्खाइमा रहेका हुन्। घरमा आगलागी हुँदा कागजी प्रमाण पत्र, भाँडा कुडा धनजन लगाएत सम्पुण खाद्यान्न जलेर नष्ट भएको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. १ का वडा अध्ययक्ष नन्द तामाङले जानकारी दिए।

घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भए पछि तामाङको पहलमा त्रिपाल, दाल, चामल, नुन तेल लगाएतका केहि खाद्यान्न सामाग्री सहयोग गरिएको तामाङले बताए ।  

वडा नं. १ का वडा कार्यालयबाट भने कुनै सहयोग नभएको तर वडाले गाँउपालिका र नेपाल रेडक्रससँग भने सहयोगको अपिल गरेको पनि तामाङले जानकारी दिए । उहाँले यो घटना वडाको अहिलेसम्मकै क्षतिपुर्ण र ठुलो घटना भएको पनि बताए। 

वडा नं. २ का समाज सेवी तुलसी जंग थापाले भने घटना भएको थाहा पाए लगत्तै २ बोरा चामाल पठाएको र टाढा भएकोले सम्बन्धित ठाँउमा पुगि निरिक्षण गरेर अवस्था अनुसार अझै सकेको सहयोग गर्ने बताएका छन् । 

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १९:२३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology