Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवन याकराङ गाउँका सुर्य गुरुङको पुगेको ३ महिनामै पोर्तुगलमा निधन

चितवन याकराङ गाउँका सुर्य गुरुङको पुगेको ३ महिनामै पोर्तुगलमा निधन

इच्छाकामना न्युज

२८, चैत्र २०७७
चितवन याकराङ गाउँका सुर्य गुरुङको पुगेको ३ महिनामै पोर्तुगलमा निधन

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ याकराङ गाउँका सुर्य गुरुङ पोर्तुगलमा निधन भएको छ। गुरुङ ३ महिना अघि मात्र रोजगारीको शिलशिलामा माल्टा हुदै पोर्तुगल आईपुगेका थिए।  

images

२९ वर्षिय गुरुङको पोर्तुगलको बेजा अस्पतालमा उपचारको क्रममा निधन भएको खबर पोर्तुगलले समाचार लेखेको छ। 

कामको सिलसिलामा मिलफन्तोस पुगेका गुरुङको निधन हुनुको कारण हृदयाघात भएर हुन सक्ने अनुमान अस्पतालले गरेको गैरआवासिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेले जानकारी दिए।

घटना सम्बन्धमा नेपालमा परिवारलाई जानकारी गराइएको महासचिव हेमराज सुवेदीले बताए। परिवारको चाहना अनुसार पार्थिव शरीर नेपाल पठाउने तयारी गरिरहेको छ्र सो कार्यमा सघाउन पोर्तुगलमा रहेका सम्पूर्ण नेपाली सघंसस्थालाइ अनुरोध गरिएको संघले जानकारी दिएको छ। 

निधन भएका गुरुङको नेपालमा श्रीमति र एक छोरि छिन्।

यसैबिच मृतक गुरुङको शव नेपाल पठाउन कम्तीमा पनि ४ दिन लाग्ने पोर्तुगलबाट पत्रकार मनोज भट्टराईले जानकारी दिएका छन्। 

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - २१:१६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology