Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आँबुखैरेनी गाउँपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न 

आँबुखैरेनी गाउँपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न 

मित्रता माविले जित्यो सबैभन्दा धेरै स्वर्ण पदक

इच्छाकामना न्युज

२९, चैत्र २०७७
आँबुखैरेनी गाउँपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न 
images

आँबुखैरेनी, २९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ सम्पन्न भएको छ । बिहिबार देखि सुरु प्रतियोगिता आज सम्पन्न भएको हो। 

images
images

170755550_1659853450871874_6163400387167336441_n.jpg

प्रतियोगितामा मित्रता माध्यामिक विद्यालय आँबु–१ सत्रसयले सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको छ । प्रतियोगितामा सन्चालन गरिएका २६ खेलहरु मध्ये मित्रता माविले विभिन्न खेलकुद प्रतिस्पर्धाबाट १६ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्न सफल भएको हो । 

171264978_1659853527538533_1609052765697605814_n.jpg

त्यसैगरी, रामशाह माध्यमिक विद्यालय आँबुखैरेनीले ६ स्वर्ण पदक, १० रजत पदक र ५ कास्य पदक जित्न सफल भएको छ । यस्तै, एक्टिभ ग्रीनल्यान्ड बोर्डिङ स्कुलले २ स्वर्ण , २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । 

170981627_1659853617538524_5873122019770534730_n.jpg

त्यस्तै, मस्र्याङ्दी बाल ज्योति बोर्डिङ स्कुलले  १ स्वर्ण , ४ रजत र ५ कास्य पदक जित्न सफल भएको छ । यस्तै, चन्द्रोदय माविले १ स्वर्ण , ४ रजत र ४ कास्य, छिम्केश्वोरी माविले १ स्वर्ण , १ रजत र ३ कास्य,  फ्युचर स्टार बोर्डिङ स्कुलले १ रजत र १ कास्य, लक्ष्मी माविले १ रजत र कन्यादेवी माविले ३ कास्य पदक जित्न सफल भएको हो ।

172069619_1659853637538522_8838509485752111816_n.jpg

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - २३:११:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology