Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा विभिन्न खेलकुद प्रतियोगिता सुरु

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा विभिन्न खेलकुद प्रतियोगिता सुरु

इच्छाकामना न्युज

३०, चैत्र २०७७
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा विभिन्न खेलकुद प्रतियोगिता सुरु

धादिङ, ३० चैत्र । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आजबाट पालिका भित्र रहेका अन्तर विद्यालय स्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरु सुरु गरेको छ ।

images

बैशाख ४ गते सम्म चल्ले विभिन्न खेलकुद प्रतियोगिता मध्य पहिलो चरणको मदन भण्डारी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । दुई दिन चल्ने यस प्रतियोगितामा ९ वटा विद्यालयहरुले भाग लिएका छन् ।

यस्तै बैशाख १ गतेबाट ४ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र मजदुर सहिद स्मृति खेलकुद प्रतियोगिता सँगै हुने गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

चन्द्रोदय मावि विशालटारको व्यवस्थापनमा भएको यस प्रतियोगिता अन्तरगत जारी फुटबल प्रतियोगितामा आज बागेश्वरी मावि रिचोकटार, चन्द्रोदय मावि विशालटार, शंखादेवि मावि मझिमटार र राष्ट्रिय मावि खोरभञ्याङ सेमिफाईनल प्रवेस गरेका छन् ।

सेमिफाईनलको पहिलो खेल मंगलबार (भोली) बिहान ८ बजे चन्द्रोदय मावि विशालटार र शंखादेवि मावि मझिमटार बीच हुने छ भने सेमिफाईनलको दोस्रो खेल भोली बिहान ९ बजे बागेश्वरी मावि रिचोकटार र राष्ट्रिय मावि खोरभञ्याङ बीच हुने चन्द्रोदय माविका खेल शिक्षक देवराज घलानले जानकारी दिनु भयो ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - २०:०५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology