Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मिश्र र श्रेष्ठ वीच प्रतिष्पर्धा

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मिश्र र श्रेष्ठ वीच प्रतिष्पर्धा

इच्छाकामना न्युज

३०, चैत्र २०७७
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मिश्र र श्रेष्ठ वीच प्रतिष्पर्धा
images

दमौली, ३० चैत । तनहुँ उद्योग वाणिज्य संघको १६ औ महाधिवेशन मा वैकुष्ठनाथ मिश्र, पविन्द्रकुमार श्रेष्ठ र अर्जुन अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । व्यवसायीहरुको सवैभन्दा ठुलो संस्था रहेको उद्योग वाणिज्य संघमा नेतृत्व हत्याउनका लागी व्यवसायीहरुसँग अध्यक्ष लगायतका पदाधिकारीहरुले भेटघाटलाई तिव्र वनाएका छन् । 

images
images

अध्यक्षका प्रत्यासी वैकुण्ठनाथ मिश्रले नविन प्रविधियुक्त सुढृढ सचिवालय व्यवस्थापन, तालिमको व्यवस्था, उद्योगी व्यवसायीहरुलाई प्रचलित कानुन, निती नियम, सेवा सुविधा एवं तालिम अन्र्तक्रिया गर्ने र व्यवसाय मैत्री कानुन वनाउन, जिल्ला, प्रदेश, महासंघ मार्फत पहल गर्ने, साना, मझौला व्यवसायी उद्योगहरुको लागी सर्वसुलभ कर्जा उपलव्ध गराउने, व्यवसायी सटर भाडा र व्यवसायी वीचको सम्वन्ध राम्रो वनाउन पहल गर्ने, ,वजारमा सिसी क्यामरालाई व्यवस्थित वनाउने, विस्तार गर्ने, थप गग्गामा भवन निर्माणको कार्य गर्ने, आन्तरिक धार्मीक पर्यटनलाई वढवा दिने, स्थानिय स्तरमा रोजगारी सृजना गर्ने प्रतिवद्धता जनाएका छन् । मिश्रले ईकाई सभापति, जिल्ला महासचिव, प्रथम उपाध्यक्ष हुदै काम गरेको अनुभव रहेको  छ। 

यसैगरि अध्यक्षका अर्का प्रत्यासी पविन्द्रकुमार श्रेष्ठले समाजिक एकता, नैतिकवान एवं योग्य नेतृत्व, वजार व्यवस्थापन र विस्तार, वहुउद्येश्यीय भवन, व्यवसायकि सुरक्षाका प्रत्याभुति, स्थानिय व्यापारलाई प्रोत्साहन, व्यवसायिक तालिम र रोजगारीको सृजना गर्ने प्रतिवद्धता जनाएका छन् । श्रेष्ठले वजार ईकाई, जिल्ला कार्य समिती, कोषाध्यक्ष र संघको महासचिव रहेर काम गरिसक्नु भएको छ । 

अध्यक्ष सँगै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, लगायतका पदमा पनि चर्को प्रतिष्पर्धा देखिएको छ । महासचिव भने पछि समितीले मनोनयन गर्ने व्यवस्था रहेको छ । यसैगरि अध्यक्षमा व्यवसायी अर्जुन अधिकारीको पनि उम्मेदवारी रहेको छ । 

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - २१:३९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology