उदयपुर, २ कार्तिक
उदयपुरमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर पाँच जनाको ज्यान मृत्यु भएको छ ।
जिल्लाको कटारी नगरपालिका १४ भदौरेमा गएराति १ बजेतिर भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र २६ वर्षका कर्मे सार्कीको मात्र पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।
दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी छ । घाइतेहरुको कटारीका अस्पतालमा उपचार भइरहेको छ ।