आँबुखैरेनी, १ वैशाख । आज नयाँ वर्ष २०७८ । आजैदेखि तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ। गाउँपालिकाले नवनिर्मित भवनको आज समुद्घाटन गरि सेवा शुभारम्भ गरेको हो।

गाउँपालिकाको नयाँ प्रशासनिक भवनको आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले समुद्घाटन गर्नुभयो। करिब पौने ४ करोडको लगानीमा निर्माण गरिएको भवन २ चरणमा निर्माण सम्पन्न भएको हो ।

पहिलो चरणमा छिम्केश्वरी निर्माण सेवाले करिब १ करोड १७ लाख ६७ हजार ३ सय २४ रुपैयाँमा निर्माणको काम गरेकोमा दोस्रो चरणमा सिजल कन्ट्रक्सन जेभीले २ करोड ५२ लाख ७९ हजार १ सय ५७ रुपैयाँमा निर्माणको काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो।
समुद्घाट समारोह हेर्नुस् तस्विरमा



