Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्र कुमार श्रेष्ठ निर्वाचित

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्र कुमार श्रेष्ठ निर्वाचित

इच्छाकामना न्युज

४, बैशाख २०७८
तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पविन्द्र कुमार श्रेष्ठ निर्वाचित

तनहुँ, ४ वैशाख । तनहूँ उद्योग बाणिज्य संघको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । शनिवार भएको निर्वाचनमा वहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी बैकुण्ठनाथ मिश्रलाई १४१ मतले पराजित गर्नुभएको हो ।

images

कुल खसेको १४९४ मत मध्ये श्रेष्ठले ८०६ मत र मिश्रले ६६५ मत प्राप्त गर्नुभएको थियो । उक्त निर्वाचनमा २३ मत बदर भएका थिए ।

जिल्लामा सक्रिय विभिन्न पार्टीका स्थानिय र केन्द्रीय नेता लगायत तनहूँ उद्योग बाणिज्य संघ पूर्व नेतृत्वले सर्वसम्मत गराउने कोशिस गर्दा गर्दै सर्वसम्मत गराउन नसकिएको अध्यक्ष पदमा मिश्र र श्रेष्ठको अत्यन्तै रोचक प्रतिष्पर्धा भएको थियो ।

अध्यक्षका प्रत्यासी दुबैजनानेपाली कांग्रेसको समर्थक भएपनि श्रेष्ठलाई सर्वसम्मत बनाउन र विजयी बनाउन नेपाली कांग्रेसका केन्द्रीय नेताहरु स्थानिय नेताहरुले गाउँ, टोल, वडादेखि क्षेत्र र जिल्लाका आफ्ना सबै समितिहरुमा घोषित तथा अघोषित उर्दी नै जारि गरेको अपुष्ट समाचारहरु प्राप्त भईरहेका थिए ।

व्यास नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा श्रेष्ठको परिवार लामो समयदेखि व्यापार व्यवसायमा संलग्न रहनुभएको छ ।
तनहूँ उद्योग वाणिज्य संघमा लामो समयसम्म कार्यसमितिका विभिन्न पदहरुमा रहनुभएका श्रेष्ठ तनहूँ उद्योग वाणिज्य संघको पूर्व महासचिव तथा हाल आमन्त्रित जिल्ला सदस्य हुनुहुन्छ ।

केहि बर्ष अगाडि तनहूँ उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षको पदमा पराजित हुनुभएका श्रेष्ठले दोश्रो पटकको प्रयासमा अध्यक्ष हुन सफल हुनुभएको छ । श्रेष्ठ व्यापारीहरु माझ नम्र र मिलनसार व्यापारीका रुपमा परिचित हुनुहुन्छ ।

images
प्रकाशित मिति :बैशाख ४, २०७८ शनिवार - २२:२६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology