Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटको छरछरे झरनामा सरसफाइ कार्यक्रम सम्पन्न

देवघाटको छरछरे झरनामा सरसफाइ कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२, कार्तिक २०७७
देवघाटको छरछरे झरनामा सरसफाइ  कार्यक्रम सम्पन्न

देवघाट, २ कार्तिक । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको छरछरे झरनाको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। दिगो कृषि खबर पत्रीकाको आयोजनामा सामाजिक दुरि कायम गर्दै नजिकै गरेको हिन्दुहरुको महान पर्व बिजय दशमी, तिहार तथा छठ पर्वको अवसरमा पारेर सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो। received_1842010965955994.jpeg झरना सरसफाइ कार्यक्रम सम्पन्न पष्चात शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले सरसफाइ कार्यक्रम सक्किए पछि शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको महिमा बोकेको पर्यटकीय संभावना बोकेको छरछरे झरनाको संरक्षण, प्रबर्द्धनको तथा प्रचारप्रसारका लागी आफु हरदम लागि परेको र सवै जना आ-आफ्नो ठाउँ बाट लाग्नु पर्ने बताउनुभयो। कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट गाउँपालिका नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ, देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज उज्वलराज चिलवाल, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ, समाजसेवी ठम बहादुर झ्यारी र सम्शेर मल्ल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम दिगो कृषि खबर पत्रीकाका सम्पादक खड्का पामीआले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

images

images
प्रकाशित मिति :कार्तिक २, २०७७ आइतवार - २१:५४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology