गोरखा, ६ बैशाख । गोरखामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ मसेलका ७९ बर्षिय एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
‘स्वास्थमा समस्या आएपछि उहाँलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको रहेछ, उहाँले भन्नुभयो, उपचारका क्रममा कोरोना पुष्टी भएपनि निको नहुने अबस्था रहेको चिकित्सकले जानकारी गराएपछि परिवारल २ दिन अघि घरमै ल्याएर होम आइसोलेसनमा राखिएको अबस्थामा बृद्धको गएराती निधन भएको हो ।’
कोरोना संक्रमणबाट मृत्यु भएपछि मात्र परिवारले गाउँपालिकालाई खबर गरेकाले ढिलो गरि जानकारी गराएको प्रमुख खनालले जानकारी दिनुभयो । ‘फोक्सोमा समस्या देखिएपछि बृद्धलाई उपचारका लागि चितवन पु¥याएर घर ल्याइएको परिवारको भनाई उदृत गर्दै उहाँले बताउनुभयो ।
‘मृतकमा अन्य दिर्घरोग खासै भएको भन्ने जानकारी छैन, प्रमुख खनालले भन्नुभयो, ‘फोक्सोमा समस्या देखिएपछि अस्पतालबाट उपचार गराएर घर फर्काइको भन्ने जानकारी परिवारले दिएका छन् ।’ मृतकको शव आज नै परिवार र आफ्न्तले आबश्यक सुरक्षा मापदण्डको पालना गरि अन्त्येष्टी गरेको उहाँले बताउनुभयो ।
‘गाउँपालिकाको समन्वयमा मृतकका परिवार सहित करिब १५ जना मात्र मलामी गएको भएपनि ४ जनाले मात्र शव व्यवस्थापन गरेका हुन्, उहाँले भन्नुभयो, मलामी गएका सवैलाई केही दिन सुरक्षित रुपमा आइसोलेसनमा बस्न भनेका छौ ।’ मृतकको सम्र्पकमा रहेका व्यक्तिहरुको आबश्यकता अनुसार स्वांब संकलन गर्ने प्रमुख खनालले जानकारी दिनुभयो ।