Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी ६ का आगलागी पिडित भुजेलको परिवारलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा नगद राहत प्रदान

आँबुखैरेनी ६ का आगलागी पिडित भुजेलको परिवारलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा नगद राहत प्रदान

इच्छाकामना न्युज

८, बैशाख २०७८
आँबुखैरेनी ६ का आगलागी पिडित भुजेलको परिवारलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा नगद राहत प्रदान

आँबुखैरेनी, ८ बैशाख । घर जलेर टहरोमा बस्दै आएका तनहुँको आँबुखैरेनी गाउँपालिका ६ का सन्तबहादुर भुजेलको परिवारलाई आँबुखैरेनी गाउँपालिकाले राहत प्रदान गरेको छ । गाउँपालिकाले भुजेल परिवारलाई बुधबार खाद्यान्न तथा नगद प्रदान गरेको हो ।

images

गत चैत ३१ गते घर जलेपछि भुजेल परिवार टहरोमा बस्दै आएको छ । हावाहुरी र पानी आउँदा भुजेल परिवारलाई समस्या पर्दै आएको छ ।

गाउँपालिकाले पीडित परिवारलाई दुई बोरा चामल, एउटा त्रिपाल, पाच केजी दाल, दुई पोका नून, दुई लिटर तेल र रु २५ हजार नगद प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्नेलले जानकारी दिनुभयो ।

त्यस्तै पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले रु २० हजार प्रदान गरेको छ । जलेकै घर छेउ रहेको बारीमा टहरो बनाएर भुजेल परिवार यतिबेला दैनिकी गुजारिरहेको छ । संयुक्त यस परिवारमा सात जना सदस्य छन् ।

भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलको पहलमा सोमबार खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो । पीडितको घर निर्माणका लागि जस्तापाता जुटाउने अभियान पनि शुरु भएको भुजेलले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १९:३९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology