आँबुखैरेनी, ३ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकाको थप ५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशले आज बिहान ९ः३० बजे गरेको नियमति अपडेटमा आँबुखैरेनी गाउँपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो।
संक्रमति ५ जना ६२, ३१, ३९, ५६ र ३१ वर्षको पुरुष रहेका छन्। उनीहरु मध्य २ जना भारतबाट आएको र बाँकि ३ जना कन्ट्रयाक ट्रेसिङमा परेकाहरु रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो।
यस्तै अहिले उनीहरुलाई आईसोलेसनमा लैजाने तयारी भैरहेको पनि उहाँले बताउनुभयो।