Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल चयन

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल चयन

इच्छाकामना न्युज

१४, बैशाख २०७८
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल चयन

इच्छाकामना, १४ बैशाख । अखिल नेपाल महिला संघ (क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल चयन हुनुभएको हो । चितवनको इच्छाकामना ३ सिद्धार्थ रिर्सोटमा सम्पन्न गाउँपालिका स्तारीय भेलाले सिलवालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

images

समितिको उपाध्यक्षमा अस्पसरा पौडेल, कल्पना गुरुङ र दमन कुमारी चेपाङ, सचिवमा शुसिला चालिसे र कोषाध्यक्षमा इन्द्रमाया मगर चयन हुनुभएको छ ।

नेपाल कम्यूनिष्ट नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा वागमती प्रदेश सांसद घनश्याम दाहाल अभिनासको प्रमुख आतिथ्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य एवम् चितवनका अध्यक्ष संगिता भट्टराई, जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको विशिष्ट आतिथ्य र नेकपा माओवादी केन्द्रका जिला सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सावित्री सिलवालको अध्यक्षतामा विस्तारित भेला सम्पन्न भएको हो ।

177757737_482560679661867_3342975496798191575_n.jpg

२१ जना माओवादी केन्द्रमा प्रवेश
यसैबिच नेकपा माओवादी केन्द्रमा २१ जना प्रवेश गरेका छन् । इच्छाका वडा नम्बर ५ खर्पनका २० जना एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमालेका सक्रिय कार्यकर्ता दल बहादुर सिञ्जाली मगर, टक बहादुर पुलामी मगर र चन्द्रमाय पुलामी मगरको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

साथै वडा नम्बर ३ का एक बहादुर गुरुङ पनि माओवादी केन्द्रमा आवद्ध हनुभएको छ । नवप्रवेशीहरुलाई प्रमुख अतिथि प्रदेश सांसद घनश्याम दाहाल अभिनास, विशिष्ट अतिथि अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष संगिता भट्टराई र माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - २१:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology