Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू 

आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू 

इच्छाकामना न्युज

१६, बैशाख २०७८
आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू 
images

काठमाण्डौ, १६ बैशाख । आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना महामारीको जोखिम बढेपछि सङ्क्रमण दर रोक्न सरकारले आजदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

images
images

काठमाडौं उपत्यकाका ३ जिल्ला सहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की, लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यका र रुपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

सङ्क्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर निषेधाज्ञाको सयमावधि थप गर्न सक्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् ।

आजबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ । निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । सङ्क्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:०६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology