Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

निषेधाज्ञा जारी गरिएका स्थानमा विपन्न वर्गलाई छाक टार्ने पिरलो 

निषेधाज्ञा जारी गरिएका स्थानमा विपन्न वर्गलाई छाक टार्ने पिरलो 

सिआईएन

१६, बैशाख २०७८
निषेधाज्ञा जारी गरिएका स्थानमा विपन्न वर्गलाई छाक टार्ने पिरलो 
images

सीता शर्मा, काठमाडौं, १६ बैशाख । काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएपछि दैनिक काम गरेर गुजारा गर्ने सर्वसाधारणलाई  अप्ठारो पर्ने भएको छ । निषेधाज्ञामा काम नपाइने र व्यवसाय पनि नहुने भएपछी परिवार कसरी पाल्ने भन्ने उनीहरुमा चिन्ता बढेको छ ।

images
images

ठेलामा तरकारी बेचेर परिवार पाल्दै आउनुभएका कञ्चनपुर भिमदत्त नगरपालिकाका भावना लुहार, निषेधाज्ञा भएपछि कसरी बालबच्चालाई पाल्ने भन्ने चिन्ताले पिरोलेको बताउहुन्छ । अघिल्लो वर्ष लकडाउन हुँदा बिहान बेलुका खान मुस्किल परेको र यसपटक पनि उस्तै समस्या दोहोरीन थालेको उहाँको गुनासो छ ।

भावना जस्तै रुपन्देहीको देबदह नगरपालिका–३ का घनश्याम भण्डारी पनि उस्तै खाले चिन्तामा हुनुहुन्छ । यायातात मजदुरको रुपमा काम गरेर परिवार पाल्दै आउनुभएका उहाँलाई स्थानीय सरकारले राहतको व्यवस्था गरिदिन्छ कि भन्ने आश लागेको छ ।

सरकारको गत वर्षको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको १८ दशमलव ७ प्रतिशत अर्थात् ५० लाख भन्दा बढि नागरिक गरिबीको रेखामुनी छन् । जसमध्ये दिनभरी काम गरेर छाक टार्नेको सङ्ख्या आधा जति छ । उनिहरु निषेधाज्ञाको प्रत्यक्ष मारमा पर्नेछन् ।

रोगबाट जोगाउन गरिएको निषेधाज्ञाका कारण मजदुर वर्ग भोकभोकै नपरुन भनेर खाद्य सामग्री र आवश्यक परेका औषधि उपलब्ध गराउने तयारीमा कतिपय स्थानीय सरकार जुटेका छन् । निषेधाज्ञाको बेलामा दैनिक खान नपुग्ने वर्गलाई राहतको तयारी गरेको कञ्चनपुरको भिमदत्त नगरपालिकाका उपप्रमूख शुशिला चन्द सिंहले बताउनुभयो । त

र, दाङको घोराही उप–महानगरपालिकाले भने राहत भन्दा पनि काम दिने योजना बनाएको नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । काम खोज्नेहरुलाई उपहानगरपालिका भित्र सञ्चालित योजनाको काम पर्साको बहुदरमाई नगरपालिकाले भने आफुसँग बजेट नभएको हुनाले राहत दिन नसक्ने र त्यसबारेमा कुनैपनि योजना नबनाएको जनाएको छ ।

महामारीको रुपमा फैलिरहेको कोरोना सङ्क्रमणबाट जोगिन हाललाई निषेधाज्ञाको विकल्प  छैन । तर, गरिखाने वर्गबारे सम्बन्धीत स्थानीय तह गम्भीर हुनुपर्ने देखिन्छ । 

images
प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १०:०९:०१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology