Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेहरुको सङ्ख्या ४ लाख नाघ्यो 

ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेहरुको सङ्ख्या ४ लाख नाघ्यो 

एजेन्सी

१७, बैशाख २०७८
ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेहरुको सङ्ख्या ४ लाख नाघ्यो 
images

ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेहरुको सङ्ख्या ४ लाख नाघेको छ । आज दिउँसो सम्मको तथ्याङ्क अनुसार ब्राजिलमा ४ लाख एक हजार ४ सय १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो सङ्ख्या अमेरिका पछिको दोस्रो हो ।

images
images

अमेरिकामा अहिले सम्म ५ लाख ८९ हजार २ सय ७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ हजार एक जनाको मृत्यु भएको छ । खोप अभियान चलिरहेको बेला सङ्क्रमण बढ्न थालेपछि पनि बोलसोनारो सरकारले लकडाउन नगर्ने र मास्क अनिवार्य नगरेका कारण अवस्था भयावह बन्दै गएको बताइएको छ ।

नयाँ म्युटेन्ट र राष्ट्रिय स्तरमा कोरोना नियन्त्रण रोक्ने उपायको समन्वयको कमीलाई मुख्य कारण मानिएको छ । लकडाउन गरिएका इलाकामा अवस्था सामान्य बने पनि लकडाउन नभएको इलाकामा सङ्क्रमण बढीरहेको बीबीसीले उल्लेख गरेको छ । ब्राजिलका ९० प्रतिशत आइसीयु बेड भरिइसकेको र अहिले १० लाख ३९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको सरकारी तथ्याङ्क छ । 

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २०:४९:२५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology