Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखा गण्डकी गाउँपालिकाको घ्याल्चोकमा पहिलो पटक एम्बुलेन्स सेवा सुरु

गोरखा गण्डकी गाउँपालिकाको घ्याल्चोकमा पहिलो पटक एम्बुलेन्स सेवा सुरु

इच्छाकामना न्युज

१७, बैशाख २०७८
गोरखा गण्डकी गाउँपालिकाको घ्याल्चोकमा पहिलो पटक एम्बुलेन्स सेवा सुरु

घ्याल्चोक, १७ बैशाख । गोरखाको गण्डकी गाउँपालिका वडा नं ८ स्थित घ्याल्चोकमा पहिलो पटक एम्बुलेन्स सेवा सुचारु भएको छ । स्थानीय ईश्वर गुरुङको पहलमा पहिलो पटक गाउँमा एम्बुलेन्स ल्याईएपछि सेवा सूचारु भएको हो । 

images

एम्बुलेन्सलाई बिहिबार गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकमा रहेको भगवान बौद्ध गुम्बा नामक संस्थाको नाममा हस्तान्तरण गरीएपछि एम्बुलेन्सको सेवा सुचारु गरिएको छ।  

स्थानीयवासी गुरुङको पहल मार्फत नेपाल भारत सरकारको सहयोगमा पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको गण्डकी गाउँपालिका वडा नं ८ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । 

अध्यक्ष रेग्मीका अनुसार एम्बुलेन्स गाउँपालिकाको वडा नं ८ बाट संचालनमा आएता पनि यसले पूर्णरुपमा गण्डकी गाउँपालिका भरि नै सेवा दिइने उनको भनाई छ । 
 
पूर्णरुपमा गण्डकी गाउँपालिका भरी र समय अनुसार गण्डकी गाउँपालिका भन्दा बाहेकका जनताहरुले प्रत्यक्ष रुपमा जुनसुकै समयमा पनि एम्बुलेन्स सेवा लिन सकिने अध्यक्ष रेग्मीले बताए ।     

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २१:०६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology